अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २४ गते
नवलपुर जिल्ला, देवचुली नगरपालिका-१ बस्ने ६४ वर्षीय पुरुषको निधन भएको छ। केहि समय देखि मृगौला रोगका उपचार भईरहेको र मिति भदौ १९ गते कोविड १९ संक्रमण सहित खोकी र श्वासप्रश्वाशमा समस्या भई भरतपुर अस्पताल, चितवनको आइ. सी.यु मा भर्ना हुनुभएको थियो।
वहाँलाई कोभिड १९ संक्रमण पुष्टि भएको थियो। उहाँको स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि अस्पतालको भेन्टिलेटरमा राखी सहित उपचारका सबै उपायहरु गर्दा गर्दै हिजो मिति २०७७/०५/२३ गते साँझ ५:३० बजे कोभिड १९ संक्रमण, निमोनियाको संक्रमणको कारणले निधन भएको जानकारी अस्पताल प्रशासनबाट प्राप्त भएको छ। यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको व्यहोरा समेत अनुरोध छ |