अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २४ गते
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। हाल देशभर सामान्य देखि पुर्ण बदली भइ विभिन्न स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
बुधबार दिनभर
देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ति स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम बिज्ञान बिभागले आग्रह गरेको छ।