अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २४गते
नेपालमा आज थप ६ जना जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला सहित ३ जना पुरुष गरि ६ जनाको ज्यान गएको छ ।
उनका काठमाडौँको ८३ बर्सिय एक महिला, कास्कीका ७३ बर्सिय एक महिला र बाँकेका ८० बर्सिय एक महिला गरि ३ महिला को निधन भएको छ।
अर्घाखाचीका ४२ बर्सिय एक पुरुष, काठमाडौँको ६७ बर्सिय एक पुरुष र नवलपरासी ६४ बर्षीय एक पुरुष गरि ३ पुरुषको ज्यान गएको छ ।