उपत्यकामा लकडाउन खुकुलो हुँदै, सार्वजनिक तथा निजि सवारी साधनमा जोर विजोर लागू

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २४ गते

नेपालमा हट स्पोट बनेको काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि सार्वजनिक तथा निजी यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ।

कडा रुपले भदौ ४ गतेदेखि लगाईएको निषेधाज्ञालाई काठमाडौं जिल्ला प्रशासनले खुकुलो बनाउने निर्णय गरेको हो।

बुधबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो।

तीन हप्तासम्म कडा रुपले निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ ।  सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *