अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ ३१ गते
संयुक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउनको लागि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरेलले गरेको महत्त्पूर्ण सम्झौतालाई “नयाँ मध्यपूर्वको मिरमिरे बिहानी” भन्दै प्रशंसा गरेका छन्।

इजरेलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन्।
हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन्। ट्रम्पले पनि त्यस्तै भनेका छन् जसको प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको थियो।