नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३१ गते

कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका छन् ।

केहि दिन अगाडि उनलाई कोरोना संक्रमण भएको थियो। घरमै आराम गरिरहेका कोइरालालाई ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको हो ।

सोमबार साँझ कोइरालालाई १०३ डिग्री ज्वरो आएको र ज्वरो कम नभएपछि राति नै उनलाई ओम अस्पताल लगिएको थियो। अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *