अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३१ गते
डोटीमा ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।

दिपायल सिलगढी नगरपालिका-४ सुल्लेकस्थित नेपाली सेनाको गुरु बक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए।
जिल्लामा बुधबार सम्म सक्रिय संक्रमित एक सय एक जना रहेका जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख मलासिले जानकारी दिए।