अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १ गते
विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार तीन सय ८८ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड ३४ हजार ५०८ पुगेको हो ।

कोरोना संक्रमित नौ लाख ४५ हजार ९२ जनाको मृत्यु भइसकेको छ । एकै दिन छ हजार एक जनाले ज्यान गुमाए ।
दुई करोड १८ लाख ९९१ जना उपचारपछि निको भएका छन् । ७३ लाख दुई हजार चार जना उपचाररत रहेकोमा ६१ हजार दुई सय ४५ जनाको अवस्था चिन्ताजनक छ ।