अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ८ गते
अविरल वर्षापछि बिहीबार बिहान खसेको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा छ जनालाई बेपत्ता बनाएको छ ।
रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो। हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए।
उनकाअनुसार बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन्। तिन दिनदेखि परेको अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन्। अहिले स्थानीयले उद्दार गरिरहेका छन्। घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको गाउँपालिका अध्यक्षले बताए।
प्रहरीले घटनाको थप विवरण आउन बाँकी रहेको जनाएको छ ।