गोरू काटेर खाएको आरोपमा झापा बाट तीन जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १० गते

गोरू काटेर खाएको आरोपमा झापा बाट तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा झापाको अर्जुनधारा-५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर बहादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन्। 

शनिबार बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको प्रहरीको भनाइ छ। गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनी स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए। 

घटनाको जानकारी पाउनसाथ प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *