गण्डकी प्रदेशमा आज थपिए ११ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १५ गते

आज बिहान गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचचार केन्द्र पोखरामा गरिएको परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

निर्देशनालयका अनुसार नवलपुरको देबचुली नगरपालिका–२ का ४३ वर्षीय पुरुष, नवलपुरको कावासोती–२ का ४२ वर्षीय पुरुष, वडा नं ३ का ३० वर्षीया महिला, वडा ८ का २७ वर्षीय पुरुष, वडा नं ९ का ३५ वर्षीया महिला संक्रमित पुष्टि भएको हो ।

त्यस्तै बागलुङ जिल्ला निसीखोला–३ का २६ र ३१ वर्षीय पुरुष, वडा नं ५ का २० वर्षीय पुरुष, बागलुङ गलकोट नगरपालिका–३ का २३ वर्षीया महिला र ३५ वर्षीय पुरुष र वडा नं ४ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितलाई आईसोलेसनमा लैजाने तयारी भैरहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *