धनगढीमा मोटरसाईकल र मिनीट्रक एक आपसमा ठोकिदाँ एकजना घाईते

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, असोज १५ गते

मोटरसाईकल र मिनीट्रक एक आपसमा ठोकिदाँ धनगढीमा एकजना घाईते भएका छन । मोहना अत्तरिया ६ लेन सडक खण्डको चटकपुरमा मोटरसाईकल र मिनीट्रक ठोकिएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा सवार एकजना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षकले जानकारी दिए ।

उनले घाईतेलाई उपचारका लागी सेती अस्पतालमा ल्याईएको बताए । मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *