बझाङबाट २५ किलो चरेससहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, असोज १५ गते

बझाङबाट प्रहरीले २५ केजि लागु औषध चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुङ्गल नगरपालिका–२ का २५ वर्षीय धनबहादुर धामी र २८ वर्षीय धनबहादुर धामी रहेका छन् ।

बझाङको बित्थडचिर गाउँपालिका–२ लिम भन्ने स्थानबाट २५ किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपीले जानकारी दिए ।

चरेससहित पक्राउ परेका दुवैजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *