अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, असोज १५ गते
जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिइरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पजियारलाई पक्राउ गरेको हो ।
कार्यालय सहयोगी पजियारले सेवाग्राहीलाई आफु नै वडा सचिव रहेको र नागरिकताको सिफारिस आफुले नै गर्ने भन्दै उनीसँग घुस मागेका थिए । उनलाई वडा कार्यालयको परिसरबाटै गोप्य सूचनाको आधारमा रंगेहात पक्राउ गरिएको छ ।