अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २२ गते
भारतबाट अवैधरुपमा नेपालगञ्ज ल्याउँदै गरिएका लाखौं मुल्य बराबरका लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको टोलीले बुधवार नेपालगञ्ज वडा नम्बर १५ पिपरा गाउँबाट कपडासहित तस्करीमा प्रयोग भएको अटोरिक्सालाई बरामद गरेको हो ।
बरामद गरिएका कपडाहरुमा ६१ हजार रुपैयाँ बराबरको लेडिज सुट ६१ थान, ९० हजार ३०० रुपैयाँ बराबरको लेडिज कुर्ती १२९ थान बरामद गरेको छ । त्यस्तै १४४०० रुपैयाँ बराबरको १२० थान लेडिज सल र १ लाख ५ हजार बराबर मुल्यको भे १ स ७१६६ नम्बरको अटोरिक्सा बरामद गरेको हो ।
तस्करहरुले अटोरिक्सा र कपडा छाडेर भागेको सशस्त्र प्रहरीले बताएको छ ।
बरामद गरिएका सबै सामग्रीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।