अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २२ गते
सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका ८ सिरिसे स्थित सानो दमारमा कन्टेनर करिव पाँच सय मिटर तल खसेको छ ।
बुधबार साँझ ओखलढुंगाबाट कटारी तर्फ आउँदै गरेको ना ५ ख ९४२४ नम्बरको कन्टेनर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा कटारी नगरपालिका–८ का मीनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपीले जानकारी दिए ।
दुर्घटनामा परेर चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका उनीहरुलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ ।