अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २२ गते
अमेरिकाले हरेक वर्ष डीभी dvlottery2022 भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । काठमाडौं स्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिएको जनाएको छ ।

अमेरिका लगायत विश्वका अधिकांश मुलुक कोरोना महामारीबाट प्रभावित भैरहेको बेला यस वर्षको डीभी dvlottery2022 खुल्ने नखुल्ने भन्ने अन्यौलमा सर्वसाधारण रहेका थिए ।
यस बर्ष dvlottery2022 October 7, 2020 (राती ९:४५ नेपाली समयानुसार अर्थात् असोज २१,२०७७) देखि November 10, 2020 (राती १०:४५ नेपाली समयानुसार कार्तिक २५, २०७७)सम्म खुला रहने छ।
डीभी dvlottery2022 परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।