अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २७ गते
कोरोना भाइरस अमेरिकामा संक्रमितको संख्या ८० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टाभित्र ४५ हजार एक सय ९५ नयाँ बिरामी थपिएपछि अमेरिकामा संक्रमित संख्या ८० लाख ३७ हजार ७८९ पुगेको हो ।
वाल्डो मिटरका अनुसार दुई लाख २० हजार ११ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन तीन सय १५ जनाले ज्यान गुमाए ।
कोरोना संक्रमित मध्ये ५१ लाख ८४ हजार ६ सय १५ जना उपचारपछि घर फर्किएका छन् । २६ लाख ३९ हजार आठ सय ९५ जना उपचाररत रहेकोमा १४ हजार आठ सय ७० जनाको अवस्था गम्भीर छ ।