पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३२ हजार ३७४ कोरोना संक्रमित थपिएका

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ४ गते

पछिल्लो २४ घण्टामा  विश्वमा ३ लाख ३२ हजार ३७४ कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा ४ हजार ३६५ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ९९२ पुगेको छ । त्यसैगरी ४ करोड ६ लाख ४८ हजार ५२७ जना कोरोना संक्रमित भएका छन ।

हालसम्म विश्वभरमा ९१ लाख ७२ हजार १८३ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ७२ हजार८०५  बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी ३ करोड ३ लाख ३९ हजार बढी कोरोना संक्रमणबाट निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *