दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, कार्तिक ४ गते

बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिन्छ ।

चौथो दिनमा विधिपूर्वक स्थापित देवताहरूको नित्य पूजा गरी नवदुर्गाको प्रतिमामा कुष्माण्डा नाम गरेकी देवीको पूजन गरिन्छ।

कुष्माण्डको अर्को अर्थ हुन्छ कुभिन्डो जुन देवीको पूजामा बलिका लागि नभई नहुने फल हो। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

जीवले गुप्त रुपमा गर्ने कृत्याकृत्य कर्मको साक्षी स्वरुपा पनि मैं हुँ। मभन्दा पर त्यस्तो भिन्न शक्ति कोही छैनन्, सबै ममा नै व्याप्त छन्। यी वचनहरू देवीकै उद्गारका रुपमा प्रस्तुत भएको पाइन्छ।

जीवित शक्तिका रुपमा अणिमादि गरिएका गुण र अकारादि गरिएका अक्षरले युक्त अनन्त शक्ति स्वरुपा सबै कामनाहरू पूर्ण गर्ने कामाक्षी नाम गरेकी देवीको प्रतीकका रुपमा पञ्चम वर्षले युक्त कन्यालाई कामाक्षीका नामले पूज्दै मधुपर्क, सौभाग्य, आभूषण प्रदान गर्दै चतुर्थ दिनको दुर्गा पूजन कार्य समापन गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *