अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १२ गते
स्वास्थ्य मन्त्रालय द्धारा कोभिड-१९ का बारेमा जानकारी दिने नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ ।
विजयादशमीको अवसरमा मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगन गरेको थियो ।
मन्त्रालयले दशैँ बिदाका बेलामा कोभिड-१९ का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराएको थियो ।