बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउसले आफ्नो पदबाट दिए राजीनामा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १२ गते

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउसले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । बार्सिलोनाका २० हजार समर्थकले हस्ताक्षर गरेर राजीनामा मागेपछि उनले आफ्नो पद छाडेका हुन् ।

राजीनामा नदिएको भए अर्को महिना उनले अविश्वासको प्रस्ताव सामना गर्ने थिए । उनीसँगै बार्सिलोनाको बोर्डका सबै सदस्यले पनि राजीनामा दिएका छन् ।

लियोनल मेसीको अर्को क्लब जाने माग र बायर्न म्युनिकसँगको ८–२ हारपछि उनी चर्को दबाबमा थिए । मैदानमा खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको आर्थिक अवस्था पनि पछिल्लो समय कमजोर रहेको छ । सन् २०१४ मा उनी अध्यक्ष बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *