अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १४ गते
इण्डियन प्रिमियर लिग #IPL 2020 अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
#IPL 2020 मा कोलकाताले दिएको १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।
चेन्नईका लागि रुतुराज गायकवाडले सर्बाधिक ७२ रन बनाएका थिए । कोलकाताका बलर पाट कमिन्स र वरुण चक्रवर्तिले २, २ विकेट लिए ।
कोलकाताका लागि नितिश रानाले सर्बाधिक ८७ रन बनाए । उनले ६१ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाएका थिए ।
चेन्नईका बलर लुंगी एनगिडीले २ विकेट लिए भने मिचेल सान्टनर, रविन्द्र जडेजा र करण शर्माले एक, एक विकेट लिएका थिए ।
प्रतियोगिताबाट बाहिरिसकेको चेन्नईको १३ खेलमा यो पाँचौं जित हो । चेन्नईको यो जितले कोलकाताको प्लेअफ यात्रा भने अनिश्चित बनाइदिएको छ ।