भारतमा एकै दिनमा थपिए ४९ हजार २८१ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १४ गते

कोरोना संक्रमितको संख्या भारतमा ८० लाख ८८ हजार ४६ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ४९ हजार २८१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ९५ हजार १७ जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार १३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *