अनलाईन न्युजपाटी,बर्दिबास, प्रभास झा,कार्तिक २२ गते
यो अनौठो घटना महोत्तरी जिल्लाको बर्दिबासको हो। आफु बर्दिबास नगरपालिकाको ईन्जिनियर हु भन्दै जनता संग लाखौको पैसा असुल गरेका छन् नक्कली कर्मचारी ईन्जिनियर कन्हैया झाले ।

कन्हैया झाले घरको नक्सा बनाई पास समेत गराई दिन्छु भन्दै जनता संग पैसा असुल गरेका छन्। सेवा ग्राही संग काम बापत एडभान्स लिई कुनै काम नै नगरी थप पैसाको मांग गरेका एक सेवा ग्राही रघुबीर साह तेलीले जानकारी गराएका छन्।
रघुबीर साहका अनुसार म आफ्नो घरको नक्शा बनाउन सर सल्लाह लिन बर्दिबास नगरपालिका मा पुग्दा “कन्हैया झाले म बर्दिबास नगरपालिकाको स्थाई कर्मचारी हु तपाइको घरको नक्शा बनाईदिन्छु” भनेर १० हजार एडभान्स लिएका थिए।

एडभान्स लिएर महिनौ बितिसक्दा पनि काम गरेर दिन सकेनन ईन्जिनियर कन्हैया झाले । झा लाई फोन गर्दा मोबाईल उठाउनु हुन्न वा अफ हुन्छ ।
कहिँ कतै फेला पर्दा कहिले काम भैसकेको ,कहिले पास हुन् बाँकी छ भन्ने र कहिले तपाई को काम नै हुदैन समेत भनेका छन्। काम न हुँदा पैसा माग्दा पैसा दिन आलटाल गरेका छन् कन्हैया झाले ।
हामी जस्ता कयौ सेवाग्राहीलाई “आफु बर्दिबास नगरपालिकाको ईन्जिनियर हुँ भन्दै दिनहु ठग्दै हिडेका छन् नक्कली कर्मचारी ईन्जिनियर कन्हैया झा ।