अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २४ गते
विश्वमा हालसम्म पाँच करोड सात लाख ३८हजार ९३ जनामा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये १२ लाख ६२ हजार १३२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ३५ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।
विश्वभरमा तीन करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा तीन करोड ५७ लाख ९५ हजार ४६१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।