फाल्गुनन्द दिवसको अवसरमा प्रदेश १ मा आज सार्वजनिका विदा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २५ गते

फाल्गुनन्द दिवसको अवसरमा प्रदेश १ मा आज सार्वजनिका विदा दिइएको छ । किरात धर्मको समाज सुधारका रुपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको दिन प्रदेश १ मा सार्वजनिक विदा दिइने गरेको छ ।

किरात धर्मको समाज सुधारकका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज मंगलबार किरात धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँदैछन ।
नेपाल सरकारबाट २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार हालको प्रदेश नम्बर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो।

उनको २००५ चैत्र २२ गते ६६ बर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएको थियो । उनले महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनु पर्ने सन्देशको प्रचार गरेर फाल्गनन्दले लैंगिक समानताको वकालत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *