२० तोला चाँदीको सिक्कासहित एक भारतीय नागरिक रौतहटबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २७ गते

एक भारतीय नागरिकलाई २० तोला चाँदीको सिक्कासहित रौतहटबाट प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारतको मोतिहारी सिक्टा घर भएका २३ वर्षीय चन्दन साह सोनार रहेका छन्

सोनारलाई जिल्लाको गौर नगरपालिका वडा २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेला प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट २० तोला तौलका २० वटा चाँदीको सिक्का बरामद गरेको छ ।

चाँदीसहित पक्राउ परेका सोनारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *