अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर १ गते
हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।
मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन् । उनीहरूको सनखत नभए पनि अधिकांश बागलुङ जिल्लाको भएको बताइएको छ ।
मृतक सातमध्ये क्वांग वाहमा चार र क्वीन एलिजावेथ अस्पतालमा तीन जनाको शव रहेको छ । आगलागीमा परेर कम्तिमा १० जना घाइते भएका छन । घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।
नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो । जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन् ।
एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ‘राधिका’ले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।