झापाको कमल गाउँपालिकामा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मङ्सिर १ गते

झापाको कमल गाउँपालिकामा आइतबार राति मैनबत्तीबाट आगो सल्केर घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

गाउँपालिकाको २  नम्बर वडामा रहेको ध्रुव परियारको घरमा आगलागी हुँदा उनकी ७ वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति ९ बजेतिर मैनवत्तीबाट सल्कीएको आगो दन्केपछि घर भित्र रहेकी छोरी रेजुका बाहिर निकाल्न नसकिएकोले  घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यलयका अनुसार बुवाआमा भने घर बाहिर रहेका थिए । आगो निभाउने क्रममा ग्यास पड्किदा स्थानीयबासी २२ वर्षिय राम टुडु घाइते प्रहरीले जनाएको छ ।

स्थानीय तथा दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको भएपनि आगलागीबाट इँटाको गारो तथा टीनको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *