अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मङ्सिर १ गते
केपी शर्मा ओलीले भाइटीका लगाएका छन् । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा पुगेर टीका लगाइदिएका हुन् ।
सोअवसरमा प्रधानमन्त्री ओलीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभएको हो।उहाँलाई आफ्नी बहिनी कौशल्याले टिका लगाइदिएकोबारे सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँको प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन् ।

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले एक मात्रै बहिनीले भाईटीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिएको जनाइएको छ।