अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मङ्सिर २ गते
कोरोना संक्रमणबाट दुई जना वरिष्ठ डाक्टरको मृत्यु भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सुनिल झा र डा. नारायणबहादुर थापाको मृत्यु भएको हो ।
झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान–आईओएमका प्राध्यापक समेत हुन् । उनको त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक दोस्रो साता कोरोना संक्रमण पुष्टि भएका उनलाई रेमडिसिभिरका साथै प्लाज्मा समेत दिइएको थियो । तर मल्टी अर्गान फेलियर भएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
डा. थापा नेपाल बर्न सोसाइटी र इशान अस्पतालका अध्यक्ष हुन् । कोरोना संक्रमित उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।