अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर ७ गते
अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कर्फ्यु लगाइएको छ । कर्फ्यु गएरातिदेखि लागू भएको छ ।
हिजोदेखि स्थानीय समयअनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यु जारी रहनेछ । यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने छ ।
गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै सङ्क्रमण देखिएको थियो । तर अहिले त्योभन्दा पनि धेरै सङ्क्रमण दैनिक रुपमा देखिन थालेको छ ।