अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर ११ गते
भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज (बिहीबार) नेपाल आउँदैछन् ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको औपचारिक निमन्त्रणामा श्रृंगला बिहीबार बिहान १० बजे विशेष विमानमार्फत नेपाल आउन थालगेका हुन् । नेपाल आएलगत्तै लागेका श्रृंगला उच्चस्तरीय भेटवार्तामा ब्यस्त हुनेछन् ।
विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।
शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने छन् ।