आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १२ गते

हाल देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपश्चिम बंगालको खाडीमा रहेको निम्न चापिय प्रणालिको आंशिक प्रभाव रहेको छ ।

हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।    

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश नं १ मा आंशिक बदली रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *