आज थप १,३०४ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ३३ हजार ४५२ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १६ गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १,३०४जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेजानकारी दिएको छ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख १६ हजार ५९४जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेजानकारी दिएको छ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५२९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *