कोरोना सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १७ गते

इलाममा हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ ।

स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार इलाम नगरपालिका-७ मा रहेको आइसोलेसन भवनमा हप्ताको सोमबार र बिहीबार स्वाब सङ्कलन गरिने छ । कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउनका लागि लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ ।

दैनिक २० जनाको हाराहारीमा कोरोना बढिरहँदा कार्यालयले राखेको यो मापदण्ड अपुग जस्तो देखिन्छ । ‘जिल्लामा ल्याब छैन । जिल्लाबाहिर पठाउँदा सीमित सङ्ख्यामा मात्र परीक्षण हुन्छ’, कोरोनाका स्रोत व्यक्ति विमलकुमार बरालले भने, ‘तर सबैलाई पहुँच पुग्ने गरी परीक्षण गरिनेछ ।’

जिल्लामा तिहारपछिको समयममा मात्रै आठ जनाको निधन भएको छ भने करिब २०० सङ्क्रमित थपिएका छन् ।

जिल्लामा हालसम्म २३३ जनामा कोरोना देखिएको छ । एघार कोरोना सङ्क्रमितको निधन भइसकेको छ । एक सय ६८ जना कोरोनामुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *