अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,मङ्सिर १७ गते
मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको छेडी सामुदायिक वनबाट अवैध चिरान काठ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३६ वर्षीय ईलाख राई (सह-चालक), १६ वर्षीय तगिन राई, १८ वर्षीय दुम्से राई,१९ वर्षीय सबिन राई, १६ वर्षीय विशाल राई रहेका छन् । पक्राउ परेका सबै मिक्लाजुङ १ सुँगुरे बस्नेहरू हुन् ।
गाउँपालिकाको वडानम्बर १ मा रहेका उक्त सामुदायिक वनबाट गयराती १२ बजेर ४५ मिनेटमा को १ त ८५५९ नम्बरको ट्याक्टरमा बिभिन्न जातका १०३ क्यु.फिट चिरान काठ अवैध रुपमा लोड ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ट्याक्टर र ट्याक्टरमा लोड भएको चिरान काठसहितनियन्त्रणमा लिएको जानकारी दिएको छ ।
ट्याक्टर र ट्याक्टरमा लोड भएको चिरान काठ सहित पक्राउ परेका मानिसहरुलार्ई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय मधुमल्लामा बुझाउने कार्य भई रहेको उर्लाबारी प्रहरीले जानकारी दिएको छ ।