टर्कीमा रात्रिकालीन कर्फ्युको घोषणा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर १७ गते

कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा सोमबारको मन्त्रिपरिषद् बैठकमा गरेका हुन् ।

यसका साथै शुक्रबार साँझ ९ बजदेखि सोमबार बिहान ५ बजेसम्म लकडाउनको घोषणा पनि गरिएको छ। यस अवधिमा ग्रोसरी स्टोर र खाद्यान्नका सेवा भने निश्चित समयका लागि खुला हुन दिइने बताइएको छ ।

यस्तै ६५ वर्षभन्दा बढी उमेरका र २० वर्षभन्दा कम उमेरका नागरिकलाई सार्वजनिक यातायात प्रयोग गर्न अनुमति दिइएको छैन । विवाह र अन्त्येष्टि संस्कारमा ३० जनाभन्दा बढी भेला हुन पाइनेछैन भने नयाँ वर्षको समारोह रद्ध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *