३८ तोला सुनसहित पाँच जना काभ्रेपलाञ्चोकबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २९ गते।

३८ तोला सुनसहित पाँच जना काभ्रेपलाञ्चोकबाट पक्राउ परेका छन्। 

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- २ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका-१ का २३ वर्षका राम तामाङ, धुलिखेल-७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल– १ का १८ वर्षका राजन तामाङ रहेका छन् ।

घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चोरी भएको थियो। 

चोरी गरी फरार भएका उनीहरूको हुलिया सहित खोजतलास पत्राचार गरिएको थियो। 

हुलिया अनुसार महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई आइतबार ड्र्यागन डिस्कोबाट पक्राउ गरेको हो। 

प्रहरीले उक्त घटनाको मुख्य योजनाकार राजन तामाङ रहेको बताएको छ । प्रहरीले ओखलढुंगाका देवराज दाहालबाट२३७ ग्राम र रामचन्द्र चालिसेको साथबाट २१० ग्राम सुनका गहना बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *