चोरीको मोटरसाइकलसहित एक युवक रौतहटबाट पक्राउ

अनलाईन न्युजपाटी रौतहट,समाचारदाता,पुस ४ गते।

चोरीको मोटरसाइकलसहित एक युवक रौतहटमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका वडा नं.३ मलाही टोल बस्ने अन्दाजी २६ वर्षीय विवेककुमार सहनी छन् ।

गरुडा नगरपालिका वडा नं.५ झाझपुलस्थित गौर च-पुर सडक खण्डमा बिहीबार सवारी साधन चेकजाँचको लागि खटिएको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सहनीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आएको BR 30 T 4153 नम्बर प्लेट र च्यासिस नम्बर मेटिएको ईन्जिन नं. BE 4 BH 2001527 नम्बरको मोटरसाइकललाई पक्राउ गरेको हो ।

पक्राउ परेका सहनीलाई आवश्यक कार्वाहीको लागि रौतहट जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको रौतहट प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *