भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस ४ गते।

भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २५ हजार १ सय ५२ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक करोड ४ हजार ८ सय २५ पुगेको छ । ।

भारतमा पछिल्लो २४ घण्टामा ३ सय ४७ जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १७१ पुगेको छ ।

भारतमा अहिलेसम्म ९५ लाख ५० हजार ७ सय १२ जना निको भएका छन् भने करिब ३ लाख संक्रिय केस रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *