आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ४ गते।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा उत्तर – पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ।

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ। साथै तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *