आज थप ७४२ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५४ हजार ५१४ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ६ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ७४२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ५४ हजार ५१४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ४४ हजार ७४३जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७९५ जनाको मृत्यु दर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *