अनलाईन न्युजपाटी सिरहा,समाचारदाता,पुस ७ गते।
सिराहा जिल्लाको सुखीपुर नगरपालिकाको कार्यालयमा कुकर बम फेला परेको छ । उक्त बम मंगलबार बिहान फेला परेको हो ।
नगरपालिकाका कर्मचारिहरुले संकास्पद वस्तु झोला भित्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीको टोली सो स्थानमा पुगेर हेर्दा कुकर बम भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उक्त बमलाई नेपाली सेनाको टोलीले निस्क्रीय गर्ने तयारी गरिरहेको प्रहरीको भनाइ छ ।