अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस ७ गते।
अष्ट्रेलियाको सिड्नीको उत्तरी क्षेत्रमा एकाएक कोरोनाको प्रभाव देखिएपछि सबै राज्यले सीमा बन्द गर्नुका साथ कडाइ अपनाएका छन्।
डेढ महिनाअघि भिक्टोरियाको मेलवर्न क्षेत्रमा एकाएक समुदायमा कोरोना फैलिएका कारण तीन हप्ता कर्फ्यु लगाएर स्थिति शून्यमा झारिएको थियो। त्यसबेला सबैतिरबाट भिक्टोरियाबासीलाई यात्रा गर्न प्रतिबन्ध समेत लगाइएको थियो।
यस पटक पनि न्यू साउथवेल्स राज्यको सिड्नीको उत्तरी क्षेत्रमा तीन दिन ९० जना कोरोना संक्रमित भेटिएपछि सीमा बन्द गरिएङ्को हो।