अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ७ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ७२२जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ५५ हजार २३६पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या दुई लाख ४५ हजार ७०९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।