जनकपुरधाममा मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी

अनलाईन न्युजपाटी  जनकपुरधाम,समाचारदाता,पुस ९ गते।

जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार विहान करिब १० बजेको समयमा आगलागी भएको हो ।

आगलागी अझै नियन्त्रण्मा आउन सकेको छैन । स्टोरको दोस्रो तल्लामा एक्कासिमा आगलागी भएको स्थानीयले बताएका छन् । अहिले जनकपुर विमानस्थल, महोत्तरीको जलेश्वर नगरपालिका, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र धनुषाधाम नगरपालिकाबाट खटिएको वारुणयन्त्रले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगो नियन्त्रणका लागि नेपाल तथा सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत खटिएका छन् ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *