अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,पुस ९ गते।
एक युवकले पाँचथरमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बुधबार मध्यरात करिब १ बजे समयमा ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती ३० बर्षीया दुर्गा उभरकोटीको हत्या गरेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा घटनामा संग्लग्न रहेका मृतकका श्रीमानको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ ।