कञ्चनपुरमा नक्कली नोट छाप्ने दम्पतीसहित ३ जना कारागार चलान

अनलाईन न्युजपाटी  कैलाली,समाचारदाता,पुस ९ गते।

नक्कली नोट छाप्ने दम्पतीसहित ३ जना कञ्चनपुरमा कारागार चलान भएका छन्।

जिल्ला अदालत कञ्चनपुरमा बुधवार भएको थुनछेक बहसपछि भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दिपक नाथ, रितीका बम र उनका श्रीमान् अनुज शर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

नक्कली नोटसहित गत मङ्सिर १४ गते नाथ  पक्राउ परेका थिए भने दम्पतीलाई १५ गते नक्कली नोट छाप्ने सामानसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *